२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश,शुक्रवार धरौटी राखेर निस्किने-अदालतको आदेश सहित



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्न अदालतको आदेश क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो । उनलाई विदेश जान रोक लगाइँदै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको उच्च अदालत पाटनले जनाएको छ ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई धरौटीमा छोड्न उच्च अदालतले दिएसँगै उनी रिहा भएका हुन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो । अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर निस्किने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । भोलि हामी धरौटी राखेर निकाल्छौँ ।  प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।  नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका थिए ।

sandeep