२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण



file
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्यमन्त्रीले शपथ लिएसँगै उहाँको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकबाट दुवै दलले आधा÷आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।