• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने



काठमाडौँ । अष्ट्रेलियाले आगामी मार्चमा हुने अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज नखेल्ने भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्डले एक विज्ञप्ती जारी गर्दै संयुक्त अरब इमिरेट्स (युएई)मा हुने अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो ।

अफगानिस्तानमा हाल तालिवानको शासन चलिरहेको छ। तालिवानले अफगानिस्तानका महिला र केटीहरूमा धेरै प्रतिबन्धहरू लगाएका छन्। उनीहरुलाई पढाइसँगै घरबाहिर काम गर्ने अधिकार छैन । केटीहरूलाई खेलकुदमा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ। तालिवानको सो निर्णयको विरोधमा अस्ट्रेलियाले अफगानिस्तानसँगको सिरिज नखेल्ने निर्णय गरेको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ।

‘क्रिकेट अस्ट्रेलिया अफगानिस्तानसहित विश्वभरका महिला र पुरुषहरूको लागि खेलको विकास गर्न सहयोग गर्न प्रतिबद्ध छ,’ विज्ञप्तीमा भनिएको छ ‘देशमा महिला र बालिकाहरूको लागि सुधारिएको अवस्थाको प्रत्याभुत भएमा अफगानिस्तान क्रिकेट बोर्डसँग साझेदारी जारी रहने छ ।’

अष्ट्रेलिया र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको थियो ।