२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही
सांकेतिक तस्बिर
अ अ+ अ-

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोवारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फेरि बढेको पाइएको हो । पछिल्लो समय जिल्लास्थित नेपाल–भारत सिमानाको यो क्षेत्र लागुऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ ।

छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् । खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका प्रहरीले जनाएको छ । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ । ती तस्करलाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ ।

गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल–भारत सीमानाकामा कडाइका साथ निगरानी र जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार गर्ने १३० जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै ८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १२५ पुरुष, एक महिला र चार विदेशी पुरुष रहेका छन् ।

त्यस्तै बरामद भएका लागुऔषधमा नाइट्रोसन र नाइट्राभेट सात हजार ३५३ ट्याब्लेट, नाइट्राभेट एम्पुल एक हजार २६४, कोरेक्स, ओनरेक्स दुई हजार ५७४ बोतल, गाँजा १३५ किलो ७५० ग्राम, इन्जेक्सन १५८ र चरेस ५०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

भारतको सोनवर्षा, भुतही, सीतामढीबाट ल्याइएका लागुऔषध नेपाल–भारत सीमा हनुमानचोक ९रामनगरा०, कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय व्यक्तिसँग सम्पर्क मिलाएर उनीहरुको घरमा लुकाएर राख्ने र पछि सुरक्षाकर्मीको आँखा छलेर मलङ्गवा, भेल्ही, भाँडसर, पर्सा, नारायणपुर, सङ्ग्रापुर, त्रिभुवननगर हुँदै नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ ।

नेपाल–भारत सीमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्कर दिनहुँजसो जमघट हुने गरेका छन् । जिल्लाको ५१ किलोमिटर खुला सिमाना रहेको, नेपालीहरुको खेतीपाती भारततिर र भारतीय नागरिकको खेतीपाती नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।