• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

स्ववियु निर्वाचनका लागि नेविसंघले थाल्यो तयारी



काठमाडौँ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तयारी सुरु गरेको छ । निर्वाचन प्रयोजनका लागि उसले दुई वटा समितिसमेत बनाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समितिको संयोजकमा संघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व र प्रचारप्रसार समितिको संयोजकमा चिकित्सा अध्ययन संस्थानका पूर्व एकाइ अध्यक्ष डा सन्तोष उपाध्यायलाई मनोनित गर्नुभएको छ ।