काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोय रायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
उहाँलाई सर्वोच्च अदालका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
अर्थ मन्त्रालयको सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य हुने प्रावधान छ ।