२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसाललाई पार्टीभित्र भित्र्याउन स्वागत पत्र पठाएको छ । बुधबार अपराह्न एकीकृत समाजवादीले भुसाललाई स्वागत पत्र पठाएको हो ।

पत्रमा भुसालले राखेका प्रश्नहरुको सवालहरुलाई सम्बोधन गर्दै स्वागत पत्र पठाएको बताइएको छ । भुसालले केही सैद्धान्तिक प्रश्नहरु राख्नुभएको थियो । उहाँले पार्टीमा महासचिव पदको दाबी गर्नुभएको बुझिएको छ । उहाँको इतिहासको मूल्यांकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेबारी दिन पूरै पार्टी सकारात्मक रहेको बताइएको छ ।

उहाँलाई अहिले सचिवालय सदस्यमा ल्याउने तयारी गरिएको र पदाधिकारीको जिम्मेबारी दिने गृहकार्य भएको छ । गत मंसिर ४ गतेको निर्वाचनमा भुसालले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

उहाँलाई तत्कालीन पाँच दलीय गठबन्धनको समर्थन थियो तर एमालेका छविलाल विश्वकर्मासँग उहाँ पराजित हुनुभएको थियो ।