१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घनश्याम भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) परित्याग गरेका घनश्याम भुसाललाई पार्टीभित्र भित्र्याउन स्वागत पत्र पठाएको छ । बुधबार अपराह्न एकीकृत समाजवादीले भुसाललाई स्वागत पत्र पठाएको हो ।

पत्रमा भुसालले राखेका प्रश्नहरुको सवालहरुलाई सम्बोधन गर्दै स्वागत पत्र पठाएको बताइएको छ । भुसालले केही सैद्धान्तिक प्रश्नहरु राख्नुभएको थियो । उहाँले पार्टीमा महासचिव पदको दाबी गर्नुभएको बुझिएको छ । उहाँको इतिहासको मूल्यांकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेबारी दिन पूरै पार्टी सकारात्मक रहेको बताइएको छ ।

उहाँलाई अहिले सचिवालय सदस्यमा ल्याउने तयारी गरिएको र पदाधिकारीको जिम्मेबारी दिने गृहकार्य भएको छ । गत मंसिर ४ गतेको निर्वाचनमा भुसालले एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

उहाँलाई तत्कालीन पाँच दलीय गठबन्धनको समर्थन थियो तर एमालेका छविलाल विश्वकर्मासँग उहाँ पराजित हुनुभएको थियो ।