२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ जना जुवाडे तास र नगद सहित पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २१ भोटेवहाल स्थित राजकुमार नगरकोटीद्वारा कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेलाउदै गरेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा चेकजाँच गर्दा तास र नगद रु ५ लाख ३१ हजार ५ सय रुपयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता रमेश कुमार वस्नेतले बताउनुभयो । काठमाडौंको विशेष टोली परिचालन गरी वृत्त जनसेवावाट थप अनुसन्धान भईरहेको छ ।