काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २१ भोटेवहाल स्थित राजकुमार नगरकोटीद्वारा कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेलाउदै गरेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा चेकजाँच गर्दा तास र नगद रु ५ लाख ३१ हजार ५ सय रुपयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता रमेश कुमार वस्नेतले बताउनुभयो । काठमाडौंको विशेष टोली परिचालन गरी वृत्त जनसेवावाट थप अनुसन्धान भईरहेको छ ।