२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाईपछि लगातार किसान युरिया मल छर्कन व्यस्त (फोटो फिचर)



अ+ अ-

कञ्चनपुर । किसानहरु खेतमा विषादी छर्कन व्यस्त भएका छन् । कञ्चनपुरको पिपलाडीका किसानहरु खेतमा लगाएको धानमा उम्रेका घाँस मार्नका लागि विषादी छर्केका हुन् ।

त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका किसानहरु पनि धान खेतमा रासायनिक मल युरिया छर्कदै गरेका छन् । तर युरियाको अभाव भएपछि किसान भारतबाट ल्याएको गुणस्तरहीन मल खेतमा हाल्न बाध्य भए।  तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

 

म्याग्दीको बेनी नगरपालिका– १ रत्नैचौरको फाँटमा रोपाइ चल्दैछ । साथै रासायनिक मल छर्किंन कृषकहरुलाई भ्याइनभ्याई भएको छ । रत्नेचौर धान र तोरी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिन्छ । तस्वीर : ध्रुवसागर शर्मा, रासस

 

बारेकोट गाउँपालिका–५ सिमाज्यूलामा लगाएको धानबाली यस्तो देखिएको छ। आकासे पानीको भरमा लगाएको धानबाली बारेकोटमा सबैभन्दा कम उत्पादन हुने स्थान हुन् । तस्वीर : हेमन्त केसी, रासस