कञ्चनपुर । किसानहरु खेतमा विषादी छर्कन व्यस्त भएका छन् । कञ्चनपुरको पिपलाडीका किसानहरु खेतमा लगाएको धानमा उम्रेका घाँस मार्नका लागि विषादी छर्केका हुन् ।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका किसानहरु पनि धान खेतमा रासायनिक मल युरिया छर्कदै गरेका छन् । तर युरियाको अभाव भएपछि किसान भारतबाट ल्याएको गुणस्तरहीन मल खेतमा हाल्न बाध्य भए। तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस
म्याग्दीको बेनी नगरपालिका– १ रत्नैचौरको फाँटमा रोपाइ चल्दैछ । साथै रासायनिक मल छर्किंन कृषकहरुलाई भ्याइनभ्याई भएको छ । रत्नेचौर धान र तोरी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिन्छ । तस्वीर : ध्रुवसागर शर्मा, रासस
बारेकोट गाउँपालिका–५ सिमाज्यूलामा लगाएको धानबाली यस्तो देखिएको छ। आकासे पानीको भरमा लगाएको धानबाली बारेकोटमा सबैभन्दा कम उत्पादन हुने स्थान हुन् । तस्वीर : हेमन्त केसी, रासस