२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आज भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गरेको छ । जलपान समारोहमा विभिन्न राजनीतिक दलका अध्यक्ष, नेपाल सरकारका उपप्रधानमन्त्री तथा मन्त्रीहरू, समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता रहेको छ ।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताको उपस्थिति थियो ।

जलपान समारोहमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, कलाकार, पेशाकर्मी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो । राप्रपाले प्रत्येक वर्ष पृथ्वी जयन्तीको अवसर पारेर जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका जातजाति, वेशभूषा झल्कने झाँकी प्रस्तुत गरिनुका साथै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कविता एवं गीतसङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा आमन्त्रण गरिएका पाहुनालाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेताहरू बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, निरञ्जन थापा र धवलशम्शेर राणालगातयले स्वागत गर्नुभएको थियो ।

राप्रपा अहिले संसद्मा पाँचौँ ठूलो दलका रूपमा रहेको छ । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् ।