१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव हुने



अ+ अ-

काठमाडौँ । यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ ।

माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मुल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मुल आयोजक समिति सदस्य कानूनलाल चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल ¥याली लगायतका विभिन्न कार्यक्रमहरु रहेको उहाँले बताउनु भयो । खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल ¥याली शुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी ¥याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सवको व्यवस्थापनका लागि करिव १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मुल समारोह समिति सदस्य कानूनलाल चौधरीले बताउनु भयो ।