२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या



अ+ अ-

एजेन्सी । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।

एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई सोमबार राति बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर उनीहरूको गाडीमा आगो लगाएको थियो ।

करिब तीन सय ५० जना आक्रमणकारीले आफूहरूमाथि आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । लिमास्थित अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताउनुभएको छ ।