• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो ★   ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा ★   पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै ★   जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह ★   मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा ★   सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक ★   कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा ★   जलमग्न भयो देश (फोटो फिचर) ★   टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा ★   स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा

अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान



काठमाडौँ । यही जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।

उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम कोचमा रामकुमार थारु, रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी रहेका छन् ।

खेलाडीहरुमा राजनकुमार पाईजा, लक्ष्मण पुन, बिजल पाईजा, गणेश पाईजा, सिताराम लामा, अमृत लामा, तेजिन्द्र पाईजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई नेपाल कराते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाई गरे । टोली सोमबार स्वदेश फर्कनेछ ।