२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

एमाले फुटाउन हतारमा प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको भीम आचार्यको आरोप

एमाले फुटाउन हतारमा प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको भीम आचार्यको आरोप
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव भीम आचार्यले एमाले पार्टीलाई फुटाउने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा विश्वासको मत लिन खोजेको आरोप लगाउनुभएको छ ।

१०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने निचोडमा रहेका दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्यसहित वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । 

एकाएक प्रधानमन्त्री देउवाले विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्यले आजै हतारमा विश्वासको मत लिन जरुरी नरहेको बताउनुभयो ।

संसद जोगाउन मधेसका पार्टीहरुसँग छलफल गर्ने लगायतका विकल्प हुँदाहँदै हतारमा विश्वासको मत लिन खोजिएको आरोप लागाउँदै उहाँले भन्नुभयो, ‘एमालेलाई विभाजित गर्ने षडयन्त्रका कारण यो सब भइरहेको छ । जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं ।’

एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको उहाँको भनाई छ ।