११ श्रावण २०८३, सोमबार
,
Latest
वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: च्याम्पियन बन्न विराटनगरलाई १ सय ३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको च्याम्पियन बन्नका लागि लुम्बिनी अल स्टारले विराटनगर सुपर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन बनाए । यस्तै हरमित सिंहले ३० रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा आउट भए । इशान पाण्डेले १८ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि बलिङ गरेका रान नानन र नन्दन यादवले समान दुई दुई विकेट लिए भने हुसेन तलत,कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बिजयी रहेका लुम्बिनी र जनकपुर आज उपाधिका लागि खेल्न लागेका हुन् ।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध खेलेका दुई खेलमा दुवै खेल लुम्बिनीले जितेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।