२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सहयोग गर्दै नेपाल रेडक्रस



अ+ अ-

काठमाडौँ । डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका ६ जनाको अकालमा मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए ।

साथै डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ ९आइएफआरसी०को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई ती तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालेको हो । सोसाइटीका अनुसार ती तीन जिल्लाका भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो ।

सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ । एक हप्ताभित्र ती सामग्री वितरण भइसक्ने संस्थाले जनाएको छ । स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएका सोसाइटीले जनाएको छ ।

भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ ।

सोसाइटीका अनुसार भूकम्पबाट सबैभन्दा बढी डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरुकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । सोसाइटीले ती तीनसय अतिप्रभावितमध्ये पनि सुत्केरी, गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ । स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरुकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

सबैभन्दा बढी क्षति पूर्वीचौकीमा

भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको डोटीको पूर्वीचौकी गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन भइरहेको छ । त्यहाँ ९० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा आठ सय २४ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

क्रमशः जिल्लाका सबै पालिकामा सर्वेक्षण गरिनेछ । पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्पबाट आवास गुमाएकाहरुलाई नेपाल रेडक्रसको सहयोगमा अस्थायी आवास निर्माण सुरु भएको जानकारी दिनुभयो । सर्वेक्षणमा स्थानीय तहमा कार्यरत प्राविधिक र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका विज्ञ इञ्जिनियर संलग्न छन् ।

भूकम्पबाट डोटीका नौ स्थानीय तहका पाँच सय ४१ निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । आइएफआरसीले संकटासन्न समुदायको उत्थानशीलताका लागि निरन्तर मानवीय सहयोग जारी रहने जनाएको छ । रासस