२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा उपेन्द्र पक्षको संसदीय दलको बैठकमा १९ सांसद उपस्थित



अ+ अ-

काठमाडौं । जसपा उपेन्द्र पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

विश्वासको मतका लागि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न सो समूहको संसदीय दलको बैठक बसेको छ । 

बैठकमा १९ सांसदहरु उपस्थित भएका थिए । जेष्ठ सांसद महेन्द्र रायको अध्यक्षतामा बसको बैठकले १९ सांसदले नै हस्ताक्षरसहित देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।