८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

जसपाले मधेस प्रदेशमा सरकार गठन गर्दै

जसपाले मधेस प्रदेशमा सरकार गठन गर्दै
फाईल फोटो
अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा सरकार गठनको तयारी गरेको छ । जसपा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै हुनुहुन्छ ।

सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार पहिलो चरणमा मेधस प्रदेशमा मुख्यमन्त्री जसपालाई दिइने भएको छ । सोही सहमतिअनुसार जसपा संसदीय दलका नेता यादवले मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो । दोस्रो चरणको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएको छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसँग एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलका सदस्यको समर्थनमा सरकार गठन गर्न लागिएको हो ।

एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीसँग कूल ६२ सदस्य रहेका छन् । यसैबीच स्वतन्त्र प्रदेशसभा सदस्य सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ ।

निवर्तमान प्रदेश सभामुख यादवले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष आजै मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने जनाइएको छ । प्रदेशप्रमुख मिश्रले सरकार गठनका लागि भोलि पुस २९ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको छ ।