• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले बुझाए स्पष्टीकरण



काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कुनै पनि सूचीकृत संस्थामा १० वर्षसम्म सञ्चालक बन्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

नेपाल धितोपत्र बोर्डले गैरकानूनी सेयर कारोबार गरेको भन्दै न्यौपानेलाई सो प्रतिबन्ध लगाउने गरी कारबाही गरेको हो । गैरकानूनी सेयर कारोबार गरेका न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारणसहित स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएको भन्दै कारबाही गरिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभएको छ ।

गत मंसिर २५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले न्यौपानेसहित नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको थियो ।

न्यौपानेले रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको बोर्डले गरेको अनुसन्धानबाट पुष्टि भएको थियो ।

न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ अनुसार रु ७५ हजार नगद जरिवानासमेत गरिएको छ । सोही ऐनअनुसार न्यौपानले अब कारबाहीको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बस्न पाउने छैनन् ।

बोर्डले न्यौपानेका छोरा बुहारीको विषयमा पनि अध्ययन गरिरहेको बोर्डका अध्यक्ष हमालले बताउनुभयो ।

नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष प्रधानले भने देशबाहिर रहेकाले बोर्डको स्पष्टीकरणको चिठी बुझ्न ढिलो भएको बताइएको छ । प्रधानले मंगलबार साँझ बोर्डमा स्पष्टीकरणको पत्र बुझाएको समेत बताइएको छ ।

बोर्डका अध्यक्ष उनको पत्रको अध्ययन गरेर आवश्यक कारबाही गरिने बताउनुभएको छ ।