८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले बुझाए स्पष्टीकरण

गुरु न्यौपानेलाई सूचीकृत संस्थामा १० वर्ष सञ्चालक बन्न प्रतिबन्ध, ज्ञानेन्द्रलालले बुझाए स्पष्टीकरण
अ+ अ-

काठमाडौँ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कुनै पनि सूचीकृत संस्थामा १० वर्षसम्म सञ्चालक बन्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

नेपाल धितोपत्र बोर्डले गैरकानूनी सेयर कारोबार गरेको भन्दै न्यौपानेलाई सो प्रतिबन्ध लगाउने गरी कारबाही गरेको हो । गैरकानूनी सेयर कारोबार गरेका न्यौपानेलाई कारबाही गर्नु नपर्ने कारणसहित स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएको भन्दै कारबाही गरिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभएको छ ।

गत मंसिर २५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले न्यौपानेसहित नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको थियो ।

न्यौपानेले रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको बोर्डले गरेको अनुसन्धानबाट पुष्टि भएको थियो ।

न्यौपानेलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ अनुसार रु ७५ हजार नगद जरिवानासमेत गरिएको छ । सोही ऐनअनुसार न्यौपानले अब कारबाहीको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पनि सूचीकृत कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बस्न पाउने छैनन् ।

बोर्डले न्यौपानेका छोरा बुहारीको विषयमा पनि अध्ययन गरिरहेको बोर्डका अध्यक्ष हमालले बताउनुभयो ।

नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष प्रधानले भने देशबाहिर रहेकाले बोर्डको स्पष्टीकरणको चिठी बुझ्न ढिलो भएको बताइएको छ । प्रधानले मंगलबार साँझ बोर्डमा स्पष्टीकरणको पत्र बुझाएको समेत बताइएको छ ।

बोर्डका अध्यक्ष उनको पत्रको अध्ययन गरेर आवश्यक कारबाही गरिने बताउनुभएको छ ।