२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डले गर्‍यो तीन ब्रोकर कम्पनीलाई कारबाही



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई कारबाही स्वरुप नगद जरिवाना तिराएको छ ।

नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै सनी सेक्युरिटिज कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको भन्दै इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

त्यसैगरी, रेटिङ एजेन्सी कियर रेटिङ नेपाललाई पनि बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले कियर रेटिङलाई रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिङ गरेको भन्दै ऐन २०६३ को दफा १०१ को ७ अनुसार हदैसम्मको कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको हो ।