१० मंसिर २०८१, सोमबार
,
Latest
बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य चलचित्र ‘कान्तारा’का स्टार कास्टले भरिएको बस पल्टियो चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री उपप्रधानमन्त्री सिंहद्वारा नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास मन्त्रिपरिषद् बैठक बस्दै ‘बुट्टेनली’ संरक्षणको प्रयास मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवाः चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका लिला गिरी



अ+ अ-

लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्दै हुनुहुन्छ ।

आज अपराह्न ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले समय दिनुभएको छ । सोही समयभित्र गिरीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र प्रदेशसभा सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलका प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठन हुन लागेको हो । प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ गरी कूल ५५ सदस्यको समर्थनमा सरकार बन्न लागेको हो ।

कूल ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ४४ सदस्यसहितको बहुमत चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनमा एमालेलाई पूरा ५ वर्ष मुख्यमन्त्री दिने सहमति भएको छ । तर प्रदेश माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । माओवादी केन्द्रले आधा–आधा कार्यकाल एमाले र माओवादी केन्द्रले सत्ता सञ्चालन गर्नुपर्ने बताउँदै आएको थियो ।