२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले जारी गर्‍यो ह्वीप



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबारको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) अपरान्ह ४ बजे बस्दैछ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको हो ।