२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी

युरोप बाढी: कम्तीमा १२० जनाको मृत्यु, सयौँ बेपत्ता खोज्ने प्रयास जारी
अ अ+ अ-

कीर्तिमानी वर्षाले भीषण बाढी निम्त्याएपछि जर्मनी र बेल्जियममा अझै पनि सयौँ व्यक्तिहरू बेपत्ता छन्। स्वीट्जरल्याण्ड, लक्समवर्ग र नेदरल्याण्डमा पनि भीषण पानी परेको छ।

नेदरल्याण्डका प्रधानमन्त्रीमा देशको एउटा दक्षिणी प्रान्तमा राष्ट्रिय विपद् घोषणा गरेका छन्। युरोपेली नेताहरूले उक्त विपद्लाई जलवायु परिवर्तनको असर भनेका छन्।

औद्योगिक युग सुरु भएयता पृथ्वीको तापक्रम करिब १।२ सेल्सियसले बढीसकेको छ। एक सय जनाभन्दा बढीको ज्यान गएको जर्मनीमा बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुअघि राष्ट्रपति फ्राँक-भाल्टर स्टाइनमायरले क्षतिका कारण आफू 'स्तब्ध' भएको बताएका छन्।

नर्थ राइन वेस्टफेलिया, राइनलन्ड पालाटिनेट र सारलेन्ड वर्षाका कारण सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए। राइनलन्ड पालाटिनेटको आरभाइलर जिल्लाका अधिकारीले शुक्रवार १,३०० जना हराइरहेको बताएका थिए।

तर उनले प्रत्येक घण्टा उक्त सङ्ख्या घटिरहेको पनि उल्लेख गरेका छन्। आरभाइलरको एउटा गाउँका बासिन्दाले एएफपी समाचार संस्थालाई कारहरू बगेका र युद्धभूमि जस्तै गरी घरहरू क्षतविक्षत भएको उल्लेख गरेका छन्।

शुक्रवार जर्मनीको खराब अवस्थाका कारण उद्धार टोलीहरूको काममा बाधा पुगेको थियो। टेलिफोन सञ्जालहरू बन्द भएका छन्। सडकहरू नराम्ररी भत्किएका छन् र लगभग एक लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ।

बेल्जियममा देशका १० मध्ये चार वटा प्रान्तमा खोज तथा उद्धारका लागि सेना परिचालन गरिएको छ। त्यहाँका प्रधानमन्त्रीले जुलाई २० अर्थात् मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

बेल्जियममा बाढीका कारण २० जनाको ज्यान गएको छ र यसलाई हालसम्मकै खराब विपद् भनिएको छ। लिएस सहरमा अकस्मात् आएको बाढी नियन्त्रणका लागि फ्रान्स, इट्ली र अस्ट्रियाबाट उद्धारकर्ताहरू खटिएका थिए।

नेदरल्याण्डको लिम्बर्ग प्रान्तका विभिन्न सहरमा पानीको सतह बढ्दा डुबान निम्तिएपछि हजारौँ मानिसहरू घरबाट भागेका छन्। त्यहाँ एउटा तटबन्ध पनि भत्किएको छ।

मास्ट्रिख्ट र नजिकका कतिपय नगरमा पानीको सतह घट्दा मानिसहरू शुक्रवारबाट घर फर्कन थालेको बताइएको छ। स्वीट्जरल्याण्डमा भीषण वर्षापछि ताल र नदीहरूमा पानीको सतह बढेको छ।

राजधानी बर्नमा बग्ने एउटा नदीको तट शुक्रवार भत्किएको थियो। लेक लुसेर्नका कारण नगर डुबानमा परेको छ र बाजलमा बस्ने मानिसहरूलाई नदीबाट परै बस्न भनिएको छ।