२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कुनचाहिँ ‘हिन्दु जागरण’ गर्ने मानिसले अहिले पहिरोमा परेका मानिसहरूको उद्धार गरेको छ ?- अरुणा उप्रेती

कुनचाहिँ ‘हिन्दु जागरण’ गर्ने मानिसले अहिले पहिरोमा परेका मानिसहरूको उद्धार गरेको छ ?- अरुणा उप्रेती
अ अ+ अ-

म हिन्दु हुँ । मलाई मेरो समाजमा धार्मिक आस्था राख्नेहरुको जिन्दगी सुचारु होस । मैले पनि गर्वपूर्वक मेरो धर्म प्रगतिशील छ भन्न पाउँ । हिन्दु देवी देवताका मन्दिरहरू फोहोर नहुन् । म हिन्दु आमाबुबाबाट जन्मेकी एक हिन्दु हुँ । कर्मकाण्डमा मेरो विश्वास छैन । मेरो ईश्वर त घट–घटबासी छ । पत्थर, रुख, बिरुवा, नदी, कुकुर, बिरालो र प्रत्येक मान्छेमा ईश्वर बास गर्छ । ईश्वरको पूजा गर्न मलाई पशुपति गएर दूध र पेडा चढाउनुपर्दैन । एउटा रुख रोप्दा, एक छाक भात कसैलाई दिँदा मैले ईश्वरको पूजा गरेको भान हुन्छ । जुन धर्मले मानिसको जीवनलाई सुखी बनाउँदैन, त्यो धर्मको केही औचित्य छैन भनेर मैले हाकाहाकी भन्दा के होला ?

‘हिन्दु जागरण’ गराउनेले कहिले मन्दिरका वरिपरि बसेका गरिब मानवहरूको ‘जीवनमा जागरण’ ल्याउन केही गरेको छ ? ‘हिन्दु जागरण’ गराउनेहरूले योगी नरहरीनाथले संकलन गरेका हजारौं धार्मिक ग्रन्थहरू मुसाले खाएर नष्ट हुँदा केही गरेको छ ? ‘हिन्दु जागरण’ गर्नेहरूले जब एक सुत्केरी महिला रगत बगेर जीवन र मृत्युको संघारमा पुग्छिन्, उनलाई रगतदान गरेर जीवन बचाएको छ ? जब कोरोनाबाट त्रस्त भएर, मजदुरी गर्न नपाएर महिला र पुरुष सडकमा भोकै बस्न बाध्य हुँदा के ‘हिन्दु जागरण’कर्ताले उनीहरूलाई भात, रोटी दियो ?

नेपालका गाउँघरमा महिलाहरू ‘बोक्सी’ भनेर अपमानित हुँदा के ‘हिन्दु जागरण’ वालाहरूले ‘बोक्सी’ प्रथाविरुद्ध जागे ? कुनचाहिँ ‘हिन्दु जागरण’ गर्ने मानिसले अहिले पहिरोमा परेका मानिसहरूको उद्धार गरेको छ ?, पहिरोमा मरेकाहरूको सदगती गरेको छ ? ‘हिन्दु जागरणका’ नाममा स्कुलमा बालबालिका पढाउनुपर्छ भनेर कति वकालत गरेको छ ? हिन्दु धर्ममा भएका विकृति हटाउन ‘हिन्दु जागरण’ले कति काम गरेको छ ?

हिन्दु धर्मको सहनशील भएकाले नै मैले गर्वपूर्वक भन्ने गर्छु ‘म हिन्दु हुँ ।’ तर अन्य धर्मलाई पनि म आदर गर्छु । तर, मेरो धर्ममा भएको गलत कर्मकाण्ड, र पाखण्डको विरोध गर्ने अधिकारचाहिँ मलाई छ । अरु धर्मका बारेमा आलोचना गर्ने अधिकार मलाई कसरी हुन्छ ? मलाई उनीहरूको धर्मको ज्ञान छैन,  कसरी बोल्न सक्छु र थाहा नपाएको विषयमा ? तर, हिन्दु धर्ममा त दैनिक बाँच्छु । आफ्नो–आफ्नो घर फोहोर हुँदा हामी आफैंले सफा गर्ने हो । छिमेकीको घर फोहोर छ, म त्यो सफा गर्छु भनेर छिमेकीलाई हपार्न अधिकार मलाई हुन्छ र ?

पहिले हिन्दु धर्ममा सतीप्रथाको चलन थियो । भारतमा राममोहन रायजस्ता व्यक्तिहरूले सतीप्रथा विरुद्ध सामाजिक क्रान्ति गरे र अंग्रेजहरूले त्यो ‘कुरीति’ हटाउन कानुन ल्याए । नेपालमा पनि सतीप्रथा भंग भयो । यदि त्यो प्रथा अन्त्य नभएको भए शायद मेरा कति हजुरआमा, बुढीहजुरआमा पनि बाँचेका हुँदैन थिए । शायद उनीहरू मरेका भए म पनि हुँदैन थिएँ कि रु हिन्दुहरूले नै अमानवीय सतीप्रथाको विरुद्धमा नबोलेको भए त्यो प्रथा अहिलेसम्म रहिरहन्थ्यो होला नि त । के त्योबेलामा कतिले ‘सती’ प्रथा ठिक हो भनेनन् होला त ?

समयअनुसार एकातिर हिन्दु धर्मको सहनशीलताको बखान गर्नेले ‘गलत कर्मकाण्ड, र पाखण्डको विरोध गर्ने अधिकारचाहिँ मलाई छ” भन्ने’ शब्दमा किन शहनशीलता अपनाउन नसक्ने ? ‘सनातन’ कुरा गर्नेले फेरि नयाँ विज्ञानको कुरा त आत्मसात गरेकै छन् । ‘हामी पुरातन धर्म मान्ने, सनातनी ज्ञानको आदर गर्ने’ भनेर कुनै पनि धार्मिक गुरुले ‘म त मोबाइल चलाउँदिन’ भन्दैनन् । फिल्म हेर्ने, यु–ट्युबमा आफ्ना कुरा राख्न पनि सबै धार्मिक गुरु पण्डित खप्पिस हुन्छन् ।

पशुपतिनाथको पूजासमेत इन्टरनेटबाट गर्न सकिन्छ । अर्थात आफूलाई मन पर्ने, सहज हुने कुराचाहिँ ‘धर्मले’ लपक्क लिने, तर आफूलाई चित्त नबुझे कि ‘ भनेर शब्दवाण हान्ने कस्तो रमाइलो हो कि दुख हो ? दलित र गरिबहरुको भोको पेट भर्न हिन्दु जागरणले काम  गर्छ ?