२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा माओवादीकी सांसद रेखा शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभएको बताउनुभएको छ ।

मंगवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गर्नुभएको हो । उहाँल राजनीतिक दलहरु फेरि पनि सहकार्यको आवश्यकता रहेको बताउनु भयो । उहाँले देशलाई अफ्ठ्यारो परेको बेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । शर्माले देश र राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने विषयमा बुँदागत रुपमा राख्नुभएकाले सबैले समर्थन गर्ने आग्रह गर्नुभयो ।

उहाँले कुनै पार्टी बहुमत प्राप्त गर्न नसकेका भन्दै अहिलेको जनादेशअनुसार सरकार बनेको बताउनु भयो ।