• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा

सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस्: नेत्री शर्मा



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताउनुभयो । “प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

सत्ता साझेदार मात्र नभई प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले सिङ्गो संसद्बाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

“प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ”, उहाँले भन्नुभयो, “मुलुकका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको जनताले आभाष गर्न पाउनेछन् ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरु राजनीतिमा आएको जनाउँदै उहाँले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उहाँले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गर्नुभयो । रासस