काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड १९ को नियन्त्रण रहेको बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बिश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को प्रकोपबाट जोगाउनु पहिलो प्राथमिकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो कोरोनो रोकथाम र नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’ बिश्वासको मत माग्दै उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले गरेका राम्राकामलाई निरन्तरता दिने र उहााको अनुभब पनि लिने भन्दै सहयोगको लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् ।
शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ यसै गरी उहाँले ,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।