२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिला श्री ५ले अहिले पाँच न्यायधीशहरुले प्रम बनाईदिएः  प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा प्रतिनिधिसभाका सांसद प्रदीप कुमार ज्ञवालीले पहिला सर्वोच्चको फैसलामाथि कटाक्ष गर्नुभएको छ । उहाँले प्रतिनिधिसभाको बैठकमा बोल्दै पहिले श्री ५ ले अहिले न्यायधीशहरुले प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाउनुभएको हो । 

उहाँले भन्नुभयो, "ल एकछिनलाई मानिलिऔं प्रतिनिधिसभा विघटन गलत थियो, तर अदालतले सर्लक्क भकुन्डो ल्याएर ल खेलाडी तिमिहरु नै हो प्रतिपक्ष फल्नाले फउल गर्यो ल तिमिहरु जहाँबाट फउल भएको छ , अस्ति भर्खर हामीले युरोकप र कोपा अमेरिका हेरौं । रेफ्रिले जहाँ फउल गर्यो त्यहीबाट पाउडर छरेर बल हान्न लगाए । तर हाम्रोमा भने रेफ्री आँफैले पेनाल्टी हानीदिनुभयो ।"