२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको विवाद हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवादबारे निर्वाचन आयोगको इजलासको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । 

आइतबार बिहान ११ बजेदेखि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलियाको नेतृत्वमा सुरु भएको इजलास सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने सहमतिमा इजलास टुंगिएको हो ।

जवाफ प्रस्तुत गर्ने क्रममा बेन्चबाट अवरोध भएको र सक्कली कागजात झिकेपछि मात्रै अन्य कुरा अघि बढ्ने बताइएको छ । 

इजलासमा निवेदक पक्षको कानुन व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आ(आफ्ना तर्क राखेका थिए ।