काठमाडौं । ले हालै हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । आइतबार विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहलाई भेट्न विप्लव भट्ट निवासमा पुगेका हुन् ।
विप्लवसहित माओवादी परित्याग गरेका केहि नेताबिच झन्डै ३ घन्टा लामो वार्तामा कम्युनिस्ट आन्दोलन र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको एक नेताले बताए ।
पछिल्लो केही दिनयता विप्लवले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरेका थिए ।