२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाजीलाई बधाई दिन चाहन्छु, उहाँको प्रस्तावलाई हामी मत दिन्छौंः महन्थ ठाकुर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई दिँदै आफ्नो पार्टीले विश्वासको मत दिने प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले भने, 'सर्वप्रथम सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाई हार्दिक बधाई दिन्छु । उहाँले जुन प्रस्ताव राख्नुभो, हामी त्यसलाई समर्थथ गर्छौं । तर मेरो निवेदन जब जब प्रधानमन्त्रीको नियुक्तीको समय आउँछ हामी आफूलाई हाम्रो पार्टी पनि उत्पीडित समूहको घायल पाउँछ । हामी शुसिल कोइरालालाई मत दियौं बदलामा हाम्रो आन्दोलन कमजोर भयो । आज फेरि हामी आफूलाई घायल पाएका छौं ।'

उनले अगाडी भने, 'प्रधानमन्त्री परमादेशले बनेको हो जनताले होइन । यो संविधानको जति गुन गाउनुस्, यो संविधानले हामीले गोली खानुपरेको छ । अहिले पनि हाम्रा साथीहरु जेलमा छन् । हाम्रो सांसद घटनास्थलमा नभएका रेशम चौधरी जेलमा छन् । सुरक्षाले गोली चलाउँदा हुने हामीले गोली चलाउँदा अपराध हुने भएको छ ।'