२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुरामले प्रतिनिधिसभामा सुनाए हनुमानको प्रसंग



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभामा रामायणको कथा सुनाएका छन् । 

उनले प्रतिनिधसभाको बैठकमा बोल्दै भने, रामायणमा हनुमान लंका जाँदै थिए, जब समुद्र पार गर्नुपर्यो उफ्रन पर्ने भयो डराए, खुट्टा कपाए । अनि आकाशवाणी भयो, हनुमान नडराउ तिमी सामान्य होइनउ, तिमी त पवनपुत्र होउ, भनेर उनलाई सम्झाइदिएपछि उनले म त ए पवनपुत्र भनेर उनलाई आफ्नै शक्ति चिनेर बुरुक्क उफ्रेर लंका पुगेका थिए भन्ने प्रसंग आउँछ ।

उनले अगाडी भने, हामी प्रतिनिधिसभा र यसका साथीहरुले हाम्रो शक्ति चिनेका छैनौं । र मैले प्रसंग कहाँ जोड्न खोजेको हो भने, अहिलेको सर्वोच्चको फैसलामा राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय हुँदै व्यवस्थापिका हाम्रो प्रतिनिधिसभा सभामुख समेत क्षेत्रको कर्तव्यको मुल्यांकन गरिएको छ । तसर्थ यो प्रतिनिधिसभा सबैभन्दा उच्च थलो हो ।