२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गरौं: राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न माग गरेको गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले सामाजिक संञ्जालमा एक सन्देश राख्द गोरखाको गौरव र पहिचानका लागि पनि पृथ्वीनारायण नगरपालिका नाम राख्न उपयुक्त हुने जनाउनु भयो ।

उहाँले लेख्नु भएको छ-

गोरखामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना भइसकेको छ, सदरमुकामको ठूलो आँगनमा यो वर्ष अर्को नयाँ शालिक पनि राखिएको छ जुन सकारात्मक र स्वागतयोग्य छ।

विराट नेपालका निर्माता पृथ्वीनारायण शाहलाई राज्यको तर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिनुहुन्न । ढिलै भएपनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जुनबेला बिदा कटौती गरियो त्यसबेलादेखि नै बिदा दिनुपर्ने जनमत बलियो थियो । राप्रपाले त आफ्नो पार्टीको मुख्य विषय नै बनाएको थियो ।

अब यसो गरौं- गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ। पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी ‘पृथ्वीनारायण नगरपालिका’ बनाऔं । सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका राखिएको थियो, अकारण नाम परिवर्तन गरियो ।

नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु । साथै, नाम परिवर्तन गर्न, गराउन नेपाल सरकारसंग माग गर्दछु।