२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलद्वारा फुटबल खेल जीवनबाट सन्यास घोषणा



अ+ अ-

एजेन्सी । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरे ।

बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेल्दै ४१ गोल गरेका छन् ।

साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको सुरुवात गरेका बेलले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए । टोटेनहमबाट १४६ खेलमा ४२ गोल गरेका उनले रियलबाट १७६ खेलमा ८१ गोल गरे ।

पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए । उनले त्यहाँ १२ खेलमा २ गोल गरे । यस्तै, बेलको नेतृत्वमा वेल्सले कतार विश्वकप खेलेको थियो ।