२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा अर्जुनप्रसाद रिजाल अगाडी



अ+ अ-

काठमाडौं । कांग्रेसको १४ औ अधिवेसनमा अर्जुन प्रसाद रिजालले महानगर सभापतिको उम्मेद्धवारी दिने बताएका छन् । रिजालले एक प्रतिबद्धता पत्र जारि गर्दै  १४ औ अधिवेसनमा भरतपुर महानगरपालीका चितवनको सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन् । 

नयाँ तथा पुराना पुस्ता सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भनेस्( ूआजको युग विचार दृष्टीकोणको युग भएकाले पार्टीलाई ब्याक्तीले नभइ विधिले सञ्चालन गर्नु पर्दछ। पार्टीको नेतृत्व ब्यक्तिले भन्दापनी विचारले गर्नु पर्दैछ ।

रिजालले अधिवेशनहरुमा ब्यक्ति नभइ बिचारहरु विच प्रतिस्पर्धा हुने भएकाले बहुमत   साथीहरूले जुन  बिचारलाइ मन पराउने छन१ त्यही बिचार र कार्य निर्देशबाट पार्टी संचालन गर्ने बताएका छन् । महाधिवेशन भनेको केवल नेतृत्व छनौट मात्र नभइ एउटा नितिगत बहस र छलफल गर्ने स्थल पनि भएको रिजाले बताए । 

भरतपुर महानगरको सभापतिमा दावि गर्ने अर्जुन प्रसाद रिजाल को हुन् रु 

अर्जुनप्रसाद रिजाल नेपाली कांग्रेसका एक इमान्दार र निष्ठावान सिपाही हुन्। २०२६ साल देखिनै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजाल नेपाली कांग्रेस  भरतपुर महानगरपालिका वडा नस् १२ को पार्टी सभापति हुँदा कम्युनिष्टहरुको  विरुद्ध सशक्त रुपमा प्रस्तुत हुँदै वडामा कांग्रेसलाइ एक ढिक्का बनाइ संगठनलाई शसक्त बनाउन सफल भएका थिए । 
   रिजालको ५ बर्षे कार्याकायलमा कांग्रेस पार्टीको वडा स्तरमा आफैले जग्गाजमिन जोडि  पार्टीको कार्यलय भवन समेत निर्माण गरेका थिए। 

यस्ता छन् रिजालका प्रतिबद्धताहरुस्
– लोकतान्त्रिक आचरण
– बैधानिक तवरले पार्टी संचालन 
– ब्यवहारमानै समाबेसिकरण
– कार्यक्रममा नियमितता
– जनसरोकार एंब बिकास निर्माण कार्यमा        
      कृयाशिलता
– विपक्षी संगठनसंग कडा प्रतिवाद
– गुटबन्दीलाई निस्तेज
– मुल्यांकनर सम्मान 
– न्यायोचित निर्णय 
– आर्थिक पारदर्शीता
– नैतिकवान र इमानदार छवि बनाएका रिजाल अन्य उम्मेदवार भन्दा अगाडि रहेका भरतपुर महानगरपालिकाका कांग्रेसीहरु बताउँछन।