२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिश्वासको मत दिनुस: प्रचण्ड, साथीहरुसंग सल्लाह गर्छु: देउवा



file
अ+ अ-

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नु भएको थियो । दुई नेताको भेट बारे कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसंग भन्नुभयो ‘प्रचण्डजीले मत माग्नु भयो सभापतिज्यूले मंगलबार बिहान दलको बैठक छ साथीहरु संग सल्लाह गर्छु भन्नुभयो ।’

उहाँले भन्नुभयो दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिने नदिने बारे कुनै निर्णय भएको छैन । मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिदै हुनुहुन्छ ।