५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रमअनुसार अगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरी दाबी विरोध, छानविन, उम्मेदवारले नाम फिर्ता लिने, माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने तथा २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।