३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल
अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रश्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको हो । उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रोहबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होाल र ? सरकारले संसदमा हचुवामा प्रश्ताव ल्याउनु हुँदैन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशकि रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो ।

यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थालको प्रश्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन् ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाउनु भयो ।