• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

ग्लोबल बैंकका अध्यक्ष ढकालबाट पद तथा गोपनीयताको शपथ



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

 

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा ढकालले गभर्नर अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । आजै मात्र ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ मर्ज भई एकिकृत कारोबार सुरु भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा ढकाल चयन हुनु भएको छ भने संञ्चालकहरुमा क्याबिनेट श्रेष्ठ,रामबहादुर भण्डारी,राधेश पन्त, कृष्णप्रसाद शर्मा,मदनलाल जोशी र देबेन्द्र प्रताप साह रहनु भएको छ ।