२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको उचित कार्यान्वयन हुन नसक्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकिएनः नेता यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानको उचित कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा भएका प्रावधानहरु समेत अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकेको, आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्न नसक्नु दुःखद् भएको बतउनु भयो । उहाँले संघको बारमो उल्टो परिभाषा गरेर प्रदेशलाई कमजोर बनाउन लागिएको बताउनु भयो ।

उहाँले केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ पहिलेकै दिशातिर फर्काउने सोच भइरहेको जस्तो महशुस गरेको बताउनु भयो । उहाँले संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता वर्तमान सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने त्यसका लागि विभिन्न कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्नेकुरा यो भन्दा अघिका सरकारले पनि प्रतिवद्धता गरेका थिए । तर अहिलेसम्म संविधानमा जे जति प्रावधान छ, जे व्यवस्था छ, त्यो पनि हामीले प्रदेशलाई हस्तान्तरण गर्नसकेका छैनौँ । आर्थिक र वित्तिय प्रणाली पनि हामीले संघीय शासनप्रणाली अन्तर्गत हस्तान्तरण गर्नसकेका छैनौँ । आज संघ भनेको परिभाषा उल्टो दिशातिर उल्टो किसिमले हामीले परिभाषित गरेर प्रदेशलाई कमजोर बनाउने हामी काम गरिरहेका छौँ । केन्द्रिकृत शासनप्रणाली कहीँ न कहीँ दिशातिर फर्काउने सोच पनि हामी बनाउँदै छौँ ।

जनता निराश छन्, संघीयताको कार्यान्वयन गर्ने प्रतिवद्धता जुन रुपले हामीले गरेका छाँै, अहिले वर्तमान सरकारले ति प्रतिवद्धता पूरा गरोस् भन्ने म कामना गर्न चाहन्छु । आज संघीयताको मुल मर्म र मान्यता अनुरुप प्रदेशमा प्रदेश सरकारको एक जना हवल्दार र प्रहरी पनि नियन्त्रणमा छैनन् । एकजना कर्मचारी पनि प्रदेशमा छैनन् जसले गर्दा जनताको सेवा गर्न सरकारले नीति निर्माण गर्दा कार्यान्वयन गर्ने अवस्था छैन ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ र त्यसका लागि विभिन्न कानूनहरु निर्माण गर्नुपर्छ । अहिलेसम्म निजामति सेवा ऐन, प्रहरी सेवा ऐन, राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएका छन् ।’

संसदीय दलका नेता यादवले अहिलेसम्म निजामति सेवा ऐन, प्रहरी सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको भन्दै आपत्ति जनाउनु भयो ।