९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु अबको संसद्को मुख्य काम: रामसहाय प्रसाद यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता रामसहाय प्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताउनुभयो ।

“गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो”, उहाँले भन्नुभयो, “सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।”

सङ्घीयतालाई असफल बनाउँदै पुनःकेन्द्रिकृत शासन फर्काउने प्रत्यत्न भएको दाबी गर्दैै प्रमुख सचेतक यादवले सङ्घीयतालाई बलियो बनाउने काम सबैले गर्नुपर्ने बताउनुभयो । “प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यसका लागि विभन्न कानून बनाउनुपर्छ”, उहाँले भन्नुभयो । जनतलाई सङ्घीयताको अनुभूति दिलाउनका लागि अत्यावश्यक मानिएका निजामती, प्रहरीलगायत ऐन अझै जारी हुन नसकेको उहाँको भनाइ छ ।

नागरिकता विधेयक टुङ्गोमा नपुग्दा लाखौँ नेपाली अझै अनागरिक बन्नुपरेको पुनः स्मरण गराउँदै उहाँले तुरुन्त नागरिकता विधेयक पारित गरेर गैरनागरिक बनेका नेपालीलाई नागरिकता दिलाउन आग्रह गर्नुभयो । वर्तमान सरकारले जनताको अपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले सरकारले जनजीविकाका सवाल सम्बोधन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।रासस