१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो



अ+ अ-

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ । पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ । यसअघि उक्त रुटमा ८ हजार ३९५ रुपैयाँ भाडा रहेकामा अब ७ हजार ५१० रुपैयाँ लाग्नेछ । यससँगै उक्त रुटको फूल फेयर (अधिकतम) भाडा १६ हजार १४० मा झरेको छ ।

यस्तै, काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर ५ हजार ८३५ रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि भद्रपुर रुटको भाडा ६००, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भरतपुर २१५, र काठमाडौं पोखरा रुटको भाडा ३२० रुपैयाँले घटेको छ ।