२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

क्यान्सर जितेकाहरुकोे कोरोना अनुभव भर्चुअल माद्ययमबाट

क्यान्सर जितेकाहरुकोे कोरोना अनुभव भर्चुअल माद्ययमबाट
अ अ+ अ-

ललितपुर । शरीरको विभिन्न अंगमा लागेको क्यान्सरको उपचार पछि दोस्रो जीवन पाएका अर्थात क्यान्सर जितेर सामान्य जीवनमा फर्केकाहरुले कोरोना अवधिमा भएका आफ्ना तिता मिठा अनुभव भर्चुअल माद्यमबाट साटासाट गरेका छन् । 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, नेपाल क्यान्सर सहयोग समूह र उपचारका लागि सहयोगी हातहरुद्वारा संयुक्तरुपमा आयोजित क्यान्सर विजेताहरुको २३ औं वैठकमा क्यान्सर जितेकाहरुले आफ्ना अनुभव साथीहरुमाझ साटासाट गरेका हुन् । कार्यक्रममा उनीहरुले दोस्रो चरणको कोरोनाको महामारी अवधिमा आफुहरुलाई केही अप्ठेरो भएतापनि जटिल रोग क्यान्सरलाई जितिसकेको हुनाले कोरोना सामान्य रोग सरह नै ठानेर त्यसलाई पनि जितेको बताए । 

समयमै उपचार गरे क्यान्सर सामान्य रोग भएको बताउँदै उनीहरुले नेपालमै सबैप्रकारको क्यान्सर रोगको उपचार हुने गरेकोमा खुसी व्यक्त गरे । 
क्यान्सर विजेताहरुलाई गोलवद्ध गर्दै आएकी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले कोरोना महामारीको अवधिमा क्यान्सर विजेताहरुको अनुभव साटासाट गर्न २३ औं वैठक भर्चुअल माद्यमबाट आयोजना गरिएको बताइन् । ‘सौंन्दर्य र बहादुरी’ विषयमा अनुभव साटिएको थियो । 

त्यस अवसरमा स्तन क्यान्सर विजेताद्वय मिना तुलाधर र रेजिना मुल्मीले स्तन क्यान्सरले स्तन काटेर फ्याक्नुपर्दाको अनुभव सुनाउँदै त्यसलाई पुर्नस्थापन गर्दै आफ्नो शरीरको सौन्दयर्तालाई कायम राख्न घरमै कृतिम स्तनसहितको ब्रा बनाउन सिकाएका थिए । यसैगरि लोकेश्वरी श्रेष्ठ, मिना नेम्कुल, आशा श्रेष्ठ, सुस्मा मर्हजन, सुशान्त लिम्बुलगायतले क्यान्सर र कोरोनाबारेका आफ्ना अनुभव सुनाएका थिए ।

उनीहरुले आत्मवल बलियो बनाउन सकेमा क्यान्सरमात्र नभई जस्तोसुकै जटिल रोगलाई जित्न सकिने बताए ।
नेपाल क्यान्सर सहयोग समूहका उपाध्यक्ष गणेशभक्त श्रेष्ठ, महासचिव शशांक शर्मा, नेपाल क्यान्सर अस्पतालका आइटि विभाग प्रमुख, इन्जिनियर दिपक यात्री लगायतले कार्यक्रमको सहजता गर्नुभएको थियो ।