२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो



अ+ अ-

काठमाडौँ । ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिनुभयो ।

“ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पु¥याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ । रासस