२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रावणको पहिलो सोमबार पशुपतिनाथ पुगिन् नायिका वर्षा (फोटो फिचर)



अ+ अ-

काठमाडौं नायिका वर्षा सिवाकोटी पशुपतिनाथ मन्दिर पुगिन् । उनी साउन महिनाको पहिलो सोमबार भगवान शिवको दर्शन गर्न पशुपतिनाथ मन्दिर पुुगेकी हुन् । 

उनी हरियो र गुलाबी पोशाकमा सजिएकी छन् । पशुपतिनाथ जाने बाटोमा उनले यी तस्बीरहरु खिचाएकी हुन् ।

साउन महिनामा पशुपति जाने भक्तजनको भिड भएको हुन्छ । यस्तोमा उनी त्यहाँ दर्शन गर्न पुगिन् । भगवान शिवको पूजाआरधाना गरेर विवाहित र अविवाहित दुवै महिलाहरु पूजा गर्ने गर्छन् ।

मान्यता छ कि आफ्नो श्रीमान्को लामो आयुको लागि विवाहित महिलाहरु बर्त बस्ने गर्छन् । त्यस्तै अविवाहित महिला भने आफ्नो लागि शिव जस्तै श्रीमान् पाइने विश्वासमा आजको दिन बर्त बस्ने गर्छन् ।