• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीसहित ४ जनाको मृत्यु



कैलाली । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन जना नेपाली र एक भारतीय रहेका छन् ।

शनिवार राति १२ बजे भारतको गुजरातबाट लखनउ हुदै नेपालतर्फ आइरहेको बस दुर्घटना हुदाँ कैलाली टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद र ४५ वर्षीय चन्द्र साउँदको मृत्यु भएको छ । अन्य दुईजनाको भने सनाखत भएको छैन ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको प्रहरीले बताएको छ ।